जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • २८ वाणिज्य बैंकलाई ३३ विकास बैंकको चुनौती

२८ वाणिज्य बैंकलाई ३३ विकास बैंकको चुनौती

भूपेन्द्र आचार्य । नेपालका ८ अर्ब चुक्ता पुँजी भएका २८ वाणिज्य बैंकहरुलाई २ अर्ब ५० करोड चुक्ता पुँजी भएका ३३ विकास बैंकले सबै कुरामा चुनौती दिएको भेटिएको छ । यो अवधीमा विकास बैंकहरुको नाफा करिब÷करिब वाणिज्य बैंकको जस्तै आएको छ । भने अन्य सबै बैंकका सूचकहरुमा विकास बैंकहरु अब्बल बन्दै आएको देखिन्छ ।

के विकास बैंकले वाणिज्य बैंकहरुलाई चुनौति दिएकै हुन त ः डेभलपमेण्ट बैकर्स एशोसिएसन नेपालका अध्यक्ष एवं गरिमा विकास बैंकका सीइओ गोविन्द प्रसाद ढकाल भन्दछन् ः–हामी सक्षम छौ, भन्ने कुरामा अब दुई मत छैन । म एउटा उदाहरण नै दिएर भन्दछु । विगत २÷४ महिना अगाडी वाणिज्य बैंकहरुमा चर्को तरलता अभाव आयो कर्जा उनीहरुले दिन नसके पछि उनीहरुको कर्जा हामीले दिएका छौं ।

विकास बैंकहरुमा कहिले तरलता अभाव आएर । उनीले थपेः– हामीले सा–साना जनताका पैसा डिपोजिट लिने गर्दछौं । तर वाणिज्य बैंकहरु संस्थाको पैसामा खेल्ने गरेका छन् । यसको अर्थ हामी स्थानीय निकायमा लोकप्रिय मात्रै छैनौ । बलिया पनि भएका छौं ।

नेपालमा पछिल्लो समय चर्चामा रहेका करिब दुई दर्जन विकास बैंकहरु मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, गण्डकी विकास बैंक, सांग्रीला विकास बैंक, ज्योति विकास बैंक, देवः विकास बैंक, कैलास विकास बैंक, रेसुङ्गा विकास बैंक रहेको छन् । यी १२ वटा विकास बैंकको चुक्ता पुँजी २ अर्ब भन्दा मथी छ ।

भट्ट हेर्दा सानो पुँजी देखिए पनि विगत २÷३ वर्ष अगाडीका वाणिज्य बैंक सरह कै पुँजी लिएर हिँडेका यी विकास बैंकहरु लगानी, ब्याजदर, एटिएम, शाखा, डिपोजिट र सेवा सुविधामा वाणिज्य बैंक भन्दा अब्बल भएको देखिन्छ । पछिल्लो समय केही राष्ट्र बैंकले तोकेको स्थानमा वाणिज्य बैंकहरु पुगे पनि स्थानियरुपमा अगाडि पुगेका विकास बैंक जस्तो वाणिज्य बैंकका ती ठाउँका शाखाले व्यापार गर्न नसकेको पूर्व सीइओ एवं आर्थिक विज्ञ अनलराज भट्टराईको ठम्याई छ ।

भट्टराई भन्दछन्ः– कर्जा, व्याजदरको कुरा गर्ने हो भने वाणिज्य बैंककै रेसियोमा विकास बैंकको छ । कम होला बढि छैन । त्यसकारण विकास बैंकलाई अब कमजोर मानेर हेर्नु गलत हुने छ ।

हिजो वाणिज्य बैंकमा भएको चुक्ता पुँजी आजका विकास बैंकसँग छ । त्यसकारण साइज सानो होला । तर सञ्जाल र बैकिङ्ग नम्स विकास बैंकको वाणिज्य बैंक सरह नै देखिन्छ ।

नेपालका ७५३ स्थानीय तह मध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंकका शाखा सञ्चालनमा आएका छन् । जस मध्ये स्थानीय तहमा विकास बैंकको बर्चश्व राम्रो मात्रै होइन । ब(िलयो पनि छ । सानातिना कर्जा विकास बैंकबाट गएका छन् । लघुवित्तीय मार्फत विकास बैंकले अर्बैं लगानी गरेको अवस्था छ । तर शहर बजारमा केही बढी वाणिज्य बैंकहरुका शाखा छन् ।

अर्को महत्वपूर्ण कुरा के पछि छ भने विकास बैंकहरुले साना, मझौला ५० हजार देखि ५ करोडसम्मका लगानीमा जोड लिएका छन् । भने वाणिज्य बैंकहरुले अर्बैका जलविद्युत र ठूला घरघरानालाई कर्जा दिएको अवस्था छ । नाफा कसले बढि कमाउने होडबाजी कै कारण २८ वाणिज्य बैंकहरु लगानी गर्न आतुर छन् । तर पैसा छैन । विकास बैंकमा तरलता छैन । पैसा छ । लगानी गर्ने ठाउँ खोजी रहेका छन् ।

पछिल्लो समय १३ प्रतिशतसम्म डिपोजिट ब्याज दिएर पैसा लिएका वाणिज्य बैंक अहिले कर्जाको ब्याजदर बढि लिइरहेका छन् । उता व्यापारी, व्यवसायी कर्जा लिने ग्राहक आन्दोलनमै छन् । उनीहरु कर्जा ब्याजदर घटाउन सरकारलाई दबाब दिइरहेका छन् ।

यि र यस्तै कारणले बैकिङ्ग बजार चलेको बेला विकास बैंकले वाणिज्य बैंकलाई चुनौती दिनु राम्रो संकेत हो तर कर्जा ब्याजदर घट्नु पर्दछ र बजारमा आक्रमक भएर लगानी बढाउनेहरुको लागि जोखिम बहन नहुन पनि सक्दछ ।
जगेडा कोष, निक्षेप र कर्जामा विकास बैंकहरुको अवस्था पनि अब्बल रहेको देखिन्छ ।

विकास बैंकमध्ये जगेडा कोषमा १ अर्बभन्दा माथि राख्ने ४ वटा कम्पनीहरु रहेका छन् । जसमा सबैभन्दा लुम्बिनी विकास बैंकले १ अर्ब ३५ करोड रुपैयाँ, कामना सेवा विकास बैंकले १ अर्ब ५ करोड रुपैयाँ, महालक्ष्मी विकास बैंकले १ अर्ब ५ करोड रुपैयाँ र ओम डेभलपमेन्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँ राखिएको छ । सबैभन्दा कम जगेडा कोष कर्पाेरेट डेभलपमेन्ट बैंकको ३ करोड ४ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

निक्षेप तथा कर्जामा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले ३८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ३२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै दोस्रो स्थानमा महालक्ष्मी विकास बैंकले २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा २५ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ लगानी गरेको छ ।

सबैभन्दा कम निक्षेप कर्पोरेट डेभलपमेन्ट बैंकले ११ करोड ९० लाख रुपैयाँ संकलन गरी कर्जामा पनि सबैभन्दा कम यसै बैंकको २२ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । झट्ट हेर्दा यी माथीका सुचकहरुले विकास बैंक पनि वाणिज्य बैंक भन्दा कम छैनन् कि जस्तो देखिन्छ । राजतिलक साप्ताहिक

9640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका