जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा सरसफाई अभियान

महालक्ष्मी विकास बैंकद्वारा सरसफाई अभियान

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै मिति २०७५÷११÷१० गते बैंकको नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतना मूलक कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनासलु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुकोसहभागिता रहेको थियो ।.सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए ।

सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२ , धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ । बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

6660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका