![पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना सूचि सहित](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।
मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले अनलाइनखबरसँग भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’
सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।