![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बंैकासुरेन्स सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम ले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाएको छ ।