जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका १२० शाखाबाट बीमा गर्न पाइने

मुक्तिनाथ विकास बैंकका १२० शाखाबाट बीमा गर्न पाइने

मुक्तिनाथ विकास बैंकका १२० शाखाबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी पाइने भएको छ । विहिबार भएको सम्झौतामा मुक्तिनाथ बिकास बैंकले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

सम्झौतामा मुक्तिनाथ बिकास बैंक लि.को तर्फबाट का.वा. प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका थिए ।

7255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका