![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बंैकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका थिए । यस किसिमको सम्झौताबाट महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित उक्त इन्स्योरेन्स कम्पनीको विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, तथा बिमा दाबी भुक्तानी सहजै रुपमा प्राप्त गर्न सक्नेछन् ।