जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कामना सेवाकोे ७५औं शाखा चन्द्रपुरमा

कामना सेवाकोे ७५औं शाखा चन्द्रपुरमा

कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा आफ्नो ७५औंशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको थियो ।उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संÔिप्त जानकारी गराउनु हुँदै प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताउनु भयो ।

व्यापार व्ँिस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्यभईरहेको बताए ।

6345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका