जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • जनता बैंकको वार्षिकोत्सव विविध कार्यक्रम गरी मनायो

जनता बैंकको वार्षिकोत्सव विविध कार्यक्रम गरी मनायो

जनता बैंकले ९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । बैंकले दशौं वर्ष प्रवेश गरेको अवसरमा प्रभातफेरी, निशुल्का स्वास्थ्य शिविर लगायत संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगतका कार्यक्रम संचलन गरेको थियो ।
बैंकले वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष, संचालकहरु, र उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै उपत्यका बाहिर रहेका अन्य शाखाहरुले पनि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् ।

देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी बैंकले ‘स्वस्थ्य नारी पहल’ अभियानलाई निरन्तरता दिँदै आएको छ । सोही अवसरमा बैंकको काभ्रेको कुन्तावेशी शाखाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । बैंकको केन्द्रिय कार्यालय, सेन्ट्रल बिजनेस पार्क, थापाथलीमा निःशुल्क थायोराइट, सरभाईकल क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि परिक्षण शिविर सम्पन्न गरेको थियो ।

बैंकको सुर्खेत शाखाले विरेन्द्रनगरमा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न गरेको छ । त्यस्तै रुपनी शाखा, सप्तरीले संचालन गरेको आँखा शिविरमा १३५ जनाको निःशुल्क मोतिविन्दुको अप्रेसन गरिनुका साथै निःशुल्क चस्मा पनि वितरण गरिएको थियो ।

बैंकले वार्षिकोत्सवको अवसर पारेर चैत्र २३ गते केन्द्रिय कार्यालय – थापाथली साथै शाखा कार्यलयहरु सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेका थिए ।

बैंकले सोही अवसरमा महिला तथा वालवालिका संरक्षण घर, अत्तरीयामा शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण गरेको थियो भने देशका विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकाहरुलाई नियमित छात्रवृत्तिलाई निरन्तर दिएको छ ।

बैंकले आफ्नो यात्रामा निरन्तर साथ दिएका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनीहरु, नियमनकारी निकाय तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ । बैंकले हाल १२८ वटा शाखा कार्यालय, ९४ वटा एटिम, ५० शाखा रहित बैंकिङ इकाइ मार्फत ७० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

9990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका