जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेशनल बैंकिग ईन्स्टिच्यूट तथा सांग्रिला डेभलपमेन्ट बैंक बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

नेशनल बैंकिग ईन्स्टिच्यूट तथा सांग्रिला डेभलपमेन्ट बैंक बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

नेशनल बैंकिग ईन्स्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा ल्द्यक्ष् को तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका थिए ।

यस सम्झोैता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI  Mobile App बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरता को सबै आवश्यक सामाग्री सबै माझ लैजान यस कार्यले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।

8620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?