जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्टको नयाा शाखा पेप्सिकोलामा

नेपाल इन्भेष्टमेण्टको नयाा शाखा पेप्सिकोलामा

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो । बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो ।

बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसंगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ ।
हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका