जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता”

मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता”

मुक्तिनाथ विकास बैंकले नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । “मेरो पहिलो बचत खाता” नाम दिइएको बचत खाता नयाँ वर्षदेखि सुरु गरिएको बैंकले जनाएको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहितको “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” लाई सफल पार्न योजना ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

योजना अन्तरगत बचत खाता खोल्ने सेवाग्राहीलाई बैंकले खातामा एक सय रुपैंया जम्मा गरिदिनुका साथै मोबाइलमा एक सय रुपैंयाको रिचार्ज समेत गरिदिनेछ ।

अभियान अन्तरगत खोलिने खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदर तथा निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार वटा एटीएममा निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

बैंकले ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख सेवाग्राहीलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

6495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका