जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रभु बैंकको कीर्तिपुरमा नयाँ शाखा संचालन

प्रभु बैंकको कीर्तिपुरमा नयाँ शाखा संचालन

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका काठमाण्डौ जिल्लाको कीर्तिपुर न.पा. वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकको कीर्तिपुर शाखा कार्यालयको उद्घाटन गरेका थिए । बैंकको कीर्तिपुर शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्नु हुँदै नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रभु बैक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । साथै, बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आप्mनो आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरेका छन् ।

4635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका