जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कर नतिर्ने सबैको बैंक खाता रोक्का !

कर नतिर्ने सबैको बैंक खाता रोक्का !

सरकारले करको दायरामा नआउने कम्पनी फर्म, हाउजिङ्ग लगायत सबै उद्योग व्यवसायले कर नतिरे उसको बैंक खाता बन्द गर्ने भएको छ ।

सरकारले मूल्य अभिवृद्धि कर र आयकर गरी २१ करोड रुपैयाँ नतिर्ने ६ व्यावसायिक फर्ममाथि कर कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । लामो समयदेखि दुवै कर बक्यौता राखी कर नतिर्ने सवारी साधन बिक्रेतादेखि अपार्टमेन्ट निर्मातासम्मको बैंक खाता रोक्का गर्ने तयारी गरेको राष्ट्र बैंक उच्च स्रोतले बतायो ।

कर नतिर्नेहरुमा लोक इलेक्ट्रोनिक्स, कोहिनुर हिल हाउजिङ र ओरिएन्टल बिल्डरको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ। यसैयरी ओरिएन्टल बिल्डरको पनि बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको भेटिएको छ । यी कम्पनीले १२ करोड ४३ लाख रुपैयाँ कर चुक्ता गर्न बाँकी छ ।

त्यसैगरी सवारी साधन बिक्रेता पशुपति अटो मोबाइल पर्सा तथा त्रिपुरेश्वर कन्डक्टर प्रा.लि. माथि पनि कारबाही अघि बढाइएको भेटिएको छ ।
दक्षिणकाली इन्कर्पोरेटको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइएको देखिन्छ । यस कम्पनीले सब डिलर भएर महिन्द्राको गाडी बिक्री गथ्र्याे । कानुन अनुसार लाग्ने कर नतिर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको देखिन्छ ।
ढिलै भएपनि सरकारले थालेको यस कदमलाई स्वागत योग्य मान्नै पर्दछ । कर तिर्नु सबै नेपालीहरुको कर्तव्य मात्रै होइन दायित्व पनि हो ।

9040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका