जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पाँच वाणिज्य बैंकको बिग मर्जरको चर्चा ३४ अर्बको ग्लोबल यूनियन बैंक बन्ने

पाँच वाणिज्य बैंकको बिग मर्जरको चर्चा ३४ अर्बको ग्लोबल यूनियन बैंक बन्ने

अहिले बजारमा २८ वाणिज्य बैंकहरुबीच बिग मर्जर गर्ने बारे जसरी बजारमा चर्चा शुरु भएको छ । त्यसैगरी भित्रीरुपमा केही बैंकहरुले छलफल समेत सुरु गरेको खुलेको छ ।

समाचार स्रोत भन्दछः– केही दिन अगाडी चन्द्र ढकाल अध्यक्ष भएको ग्लोबल आईएमई बैंकले बिग मर्जर गर्न नयाँ ४ वटा बैंकहरुलाई आव्हान समेत गरेको खुलेको छ ।

नयाँ बैंक मेगा बैंक नेपाल लिमिटेड, जनता बैंक नेपाल लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सीभिल बैंक लिमिटेड ग्लोबल आईएमई बैंकसंग मर्जर गरि ३४ अर्बको ग्लोबल यूनियन बैंक लिमिटेड बनाउने बारे छलफल भएको खुलेको छ ।
चन्द्र प्रसाद ढकालको चन्द्रगिरी हिल्स होटलमा यी बैंकका अध्यक्षहरुबीच डिनर पार्टी गरी बिग मर्जर गर्ने बारे पहिलो पटक कुराकानी शुरु भएको एक बैंकका अध्यक्षले नाम नलेख्ने शर्तमा आर्थिक बजार न्यूजडटकमसंग बताए ।
समाचार स्रोत भन्दछः– ग्लोबल आईएमई बैंकको प्रति शेयर १ सय र अरु ४ वटा बैंकको प्रतिशेयर ८० कायम गरी बिग मर्जर गर्ने र करिब ३४ अर्ब पूँजी भएको नेपालकै ठूलो बैंक ग्लोबल यूनियन बैंक बनाउने प्रस्ताब ग्लोब आईएमई बैंकको तर्फबाट आएको खुलेको छ ।

हाल ग्लोबल आईएमई बैंकमा सीइओ खाली छ । बिग मर्जर गर्ने बारे चर्चा शुरु भएकै कारण सीइओ तत्काल नियुक्त गर्न अध्यक्ष चन्द्र ढकाल तयार छैनन् । एक संचालकले बताए ।

स्रोत भन्दछः– ग्लोबल यूनियन बैंक लिमिटेड बन्ने शर्तमा चन्द्र प्रसाद ढकाल धेरै कुरामा सहमत छन् । शेयर रेसियो ८० भन्दा बढि दिन पनि सकिने चर्चा पनि भएको देखिन्छ । नेपालमा पछि स्थापना भएका यी ४ वाणिज्य बैंकहरु मध्ये मेगा बैंक सधै विवादमा फस्दै तर्गिदै यस ठाउँसम्म आएका बैंक हुन् । सीभिल बैंक, जनता बैंक, मेगा बैंकबीच बिचार मिल्ने एउटै पार्टी आवद्ध सञ्चालक छन् । तर, सेञ्चुरी बैंकमा फरक विचारका संचालक भएपनि ठूलो बैंक बनाउने कुरामा सहमती नै देखिएको स्रोतको दाबी छ ।

अहिले नयाँ ४ वटा बैंकमा दक्ष सीइओ त छन् । तर, भनेजति प्रगति नभएपछि संचलक समितिका सदस्य र अध्यक्षहरु सन्तुष्ट भने छैनन् ।

सीभिल बैंकका इच्छाराम तामाङका कारण सधै विवादमा आए र प्रगति गर्न असक्षम बैंक बनेको बैंक हो । जनता बैंक गुरु प्रसाद न्यौपानेकै कारण बदनाम भएर बल्ल बल्ल दक्ष सीइओ पशुराम कुँवर क्षेत्रीले बनाउँदै गरेको बैंक हो ।

मेगा बैंक र सेञ्चुरी बैंक शुरुबाटै राम्रै छबी बनाएका बैंक हुन् । मेगा बैंक अनिल शाहले चलाएको बैंक हो । त्यसकारण पनि जनताको विश्वास बढेको देखिन्छ । सेञ्चुरी बैंकमा दक्ष सीइओ तुलसी गौतमले बनाउँदै गरेको बैंक भन्न सकिन्छ । यी चारवटै बैंकलाई बिग मर्जर गरि ग्लोबल युनियन बैंक लिमिटेड बनाउने ग्लोबल आईएमईका अध्यक्ष चन्द्र ढकालको सपना साकार होला कि नहोला तर बिग मर्जर भए ३४ अर्ब भन्दा बढि पूँजी भएको पहिलो बैंक ढकालबै नेतृत्वमा हुने प्रस्टै छ ।

8675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?