जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ज्योति लाइफ इन्स्योरेन्स र नेपाल मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता

ज्योति लाइफ इन्स्योरेन्स र नेपाल मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता

ज्योति लाइफ इन्स्योरेन्स र नेपाल मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता भएको छ । त्यस अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीह?ले मेडीसीटी हस्पिटल स्वास्थ्य उपचार गराउँदा विशेष छुट प्राप्त गर्न सकिनेछ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।

इन्सयोरेन्सका अनुसारग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने छ । उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानी गरिने बिल रकममा विशेष छुट प्राप्त हुनेछ ।

ग्राहकहरूलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिंदै इन्स्योरेन्सले नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता गरेको हो ।

5870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका