जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवमा नागरिक अभिनन्दन

महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवमा नागरिक अभिनन्दन

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक मगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । उक्त  अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

दरबारमार्ग, काठमाडौँ स्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरे ज्यूलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरि दिएकोमा विशेष धन्यवाद दिँदै उनी लगायत प्रतिनिधि प्रहरीजनहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेको थियो ।

साथै बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेलका साथसाथै राजेश रौनियार ज्यूको पनि उपस्थिति रहेको थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सो समारोहमा संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले गरेको अनुकरणीय योगदानको कदर गर्दै सम्मान—पत्र तथा एक लाखको चेक हस्तान्तरण गरी अभिनन्दन गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेको थियो भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत गरे ।

8265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका