जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कतै सीइओको खोजीस्कतै राजीनामाको लर्को

कतै सीइओको खोजीस्कतै राजीनामाको लर्को

नेपालका २८ वाणिज्य बैंकहरुले नाफा कमाएर अर्वपति क्लबमा केही बैंक छिर्दै गर्दा नाफा कम कमाएको आरोप बैंक सञ्चालक समितिले लगाएपछि सेञ्चुरी कमर्शियल बैंक, सानिमा बैंक लिमिटेड, प्राइम कमर्शियल बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेडका सीइओहरुले राजीनामा दिएको भेटिएको छ । तीनवटा सनराइज बैंक, ग्लोवल आईएमई बैंक र नेपाल बैंक लिमिटेडले भने सीइओहरुको खोजी गरिरहेको छ ।

प्राइम कमर्शियल बैंकका सीइओ नारायणदास मानन्धरले स्वास्थ्यका कारण र २ कार्यकाल पूरा भएको भन्दै राजीनामा दिएको स्रोतको दाबी छ । उनी प्राइम कमर्शियल बैंक स्थापना भए देखि लगातार तेस्रो कार्यकालसम्म सीइओ रहि सकेका छन् । सानिमा बैंकका सीइओ भुवन दाहाललाई नाफा कम कमाएको शाखा सञ्जाल र व्यवसाय विस्तार आक्रमक नभएको भन्दै सञ्चालक समितिले आरोप लगाएपछि उनले विदेशको एक कम्पनीमा काम पाएको भन्दै राजीनामा लिएको खुलेको छ । पछिल्लो समय उपेन्द्र महत्तोले आफ्नो शेयर विक्री गरी गएपछि भूवन दाहाल र सञ्चालक बीच चर्को मनमुटाव देखिएको भेटिएको छ ।

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडका सीइओ तुलसी गौतम दक्ष र अनुभवी सीइओ मानिन्नछन् । तर, नाफा कम कमाएको बैंक आक्रमकरुपमा चलाउन नसकेको आरोप केही सञ्चालकहरुले लगाएपछि उनीले पनि राजीनामा दिएको स्रोतको दाबी छ । माछापुच्छ्रे बैंकलाई स्वस्थ्य र सबल बैंक बनाएका सीइओका रुपमा परिचित गौतमले सेञ्चुरी कमर्शियल बैंकका केही सञ्चालकहरुको चर्को दवाव खप्न नसके पछि सीइओ पदबाट राजीनामा दिएको एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए ।

बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ शोहन देव पन्तले त छ महिना अगाडी नै सीइओ पदबाट राजीनामा दिएका थिए । उनीमाथी पनि बैंक आक्रमकरुपमा चलाउन नसकेको, नाफा नबढाएकोे र पूरानो कर्जा उठाउन पहल नगरेको आरोप सञ्चालकहरुले लगाए पछि उनीले पदबाट राजीनामा दिएका थिए । पन्त आफैमा अनुभवी, दक्ष र बैकिङ्ग नम्स बुझेका पूराना सीइओ मानिनु हुन्छ । लुम्बिनी बैंक लिमिटेडलाई बचाएर बैंक अफ काठमाण्डूसंग मर्जर गर्न सफल बैंकर हुन पन्त ।

बैंकका एक सञ्चालकले नाम नलेख्ने शर्तमा भनेः– अहिले हाम्रो बैंकका सीइओज्यूले राजीनामा फिर्ता लिनु भएको छ । बोर्डले राजीनामा स्वीकृत गर्ने तयारी भएको बेला उहाँले बैंक चलाउने बताएपछि राजीनामा स्वीकृत भएन । जे भए पनि पन्त बैंक अफ काठमाण्डू पुगेपछि बैंकले काँचुली फेरेको देखिन्छ । प्रायः सबै बैंकहरुमा पाउने सेवा सुविधा पन्त सीइओ भएपछि बैंक अफ काठमाण्डूले बजारमा ल्याएको छ । भने बैंकले पहिला भन्दा बढि नाफा कमाएको छ । सीसीडी रेसियो पहिलाको भन्दा मजबुद छ । बैंक क्रमिक रुपमा सफलताको सिढी चढ्दै छ । यो आफैमा खुशीको कुरा हो ।
यता ३ वटा बैंकहरुले सीइओ खोजी गरिरहेको छन् ।

नेपाल बैंक लिमिटेडका अध्यक्षले पुराना बैंकरहरुलाई भेट्ने काम गरिरहेको खुलेको छ । चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले अझै सीइओ पाएको छैन । ३ महिना भन्दा बढि सीइओ खाली छ । दर्जनौ पूर्व बैंकरसंग कुरा भएपनि धेरैले ग्लोबल आईएमई बैंकमा सीइओ बन्न तयार नरहेको प्रतिक्रिया दिएपछि अध्यक्ष ढकालले बाध्य भएर डिपुटी सीइओ महेश ढकाललाई सीइओ बनाउने तयारीमा रहेको एक सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए । सनराईज बैंकका सीइओ रत्नराज्य बज्राचार्य ४ वर्ष पूरा गरी बैंकबाट बाहिरेसंगै बैंकको कामु सीइओ आशा राणा अधिकारीले पाएकी छिन् । बैंकको सञ्चालक समितिले सीइओ खोजी गर्न ३ सदस्यीय टिम नै बनाएको छ ।

विभिन्न बैंकरहरुसंग कुराकानी गरिरहेपनि कसलाई सीइओ ल्याउने भन्नेबारे अझै छलफलकै विषय भएको एक सञ्चालकले राजतिलक साप्ताहिकलाई बताए । लक्ष्मण रिसाल र जनक शर्मा पौडेलले सीइओ बन्ने इच्छा देखाए पनि यी दुवैलाई बैंकले सीइओमा नलिने पक्का पक्की गरेको ती सञ्चालकले राजतिलक साप्ताहिकसंग बताए । यी दुबै बैंकरले बैंक पूरा अवधी सीइओ भएर चलाउन सकेका थिएनन् । उनीले दाबी गरे । जे भएपनि नेपालका वाणिज्य बैंकहरुमा नाफा र व्यवसाय नबढाएको भन्दै दर्जनौ सीइओको कुर्सी हल्लिदै गएको भेटिएको छ । सचेत भया । राजतिलक साप्ताहिक

8350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका