जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने,पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई ल्ऋज्ी(क्ष्एक् र अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीसँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्था संग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमित हरुले आफ्नो(प्रिमियम)बीमा शूल्कपनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहिहरुका बैंक खाताहरुबाट  हुनेछन् ।

२०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यावसायीहरुद्वारा प्रबद्धित जीवन बीमा कम्पनी हो ।

12745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका