जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • प्राइम बैंकका सीइओ नारायणदास पुगे सर्वोच्चको शरणमा

प्राइम बैंकका सीइओ नारायणदास पुगे सर्वोच्चको शरणमा

उमेर हदका कारण पदमुक्त हुनुपर्ने भएपछि प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्वोच्च अदालतको शरण लिन पुगेका छन् ।

राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुसार अध्यक्षको उमेर हद ७० वर्ष र सीइओको उमेर हद ६५ वर्ष निर्धारण गरेको थियो । यो निर्देशिका कार्यन्वयनमा आएसंगै ७४ वर्ष नाघेका बैंकका संचालकहरुले तत्कालै पद छोड्नु पर्ने छ । भने अरु कार्यरत सञ्चालकहरुले ७४ पुगेकै दिन बैंक छोड्नु पर्ने भएको छ । कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुको हकमा ६९ वर्ष निर्देशिका लागु हुनु अगाडि नियुक्त भएपनि सीइओ बन्न पाउदैन ।

राष्ट्र बैंकले उमेर हद लागू गर्नुभन्दा चार दिन अघि मात्रै उनी प्राइम बैंकमा नयाँ कार्यकालका लागि पुनः नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकले मनलाग्दी निर्णय गर्दै जबरजस्ती कार्यान्वयन गराउन खोज्नु कानूनसम्मत र व्यवहारिक नदेखिएको भन्दै उनले सो आदेश स्थगित गर्न माग गरेका छन् । उनले साउन २२ गते उत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका छन् ।

 

 

 

8310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?