जोडिनुहोस
आइतवार, जेष्ठ ६, २०८१
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ३.२५ प्रतिशतले बढ्यो प्राइम लाइफको खुद नाफा

३.२५ प्रतिशतले बढ्यो प्राइम लाइफको खुद नाफा

प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको यो नाफा ३.२५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी कम्पनीले चौथो त्रैमाससम्ममा ३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २२.११ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ, जीवन बीमा कोषमा १४ अर्ब ६९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ७४.८० गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा २ लाख २२ हजार ९५७ वटा बीमालेख जारी गरी कुल ४ अर्ब ४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३ हजार ८७५ वटा दाबी बापत १ अर्ब २१ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३७ वटा दाबी बापत ८५ लाख ९३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका