जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बृद्ध बैंकर घर जाने युवा बैंकर बैंक जाने

बृद्ध बैंकर घर जाने युवा बैंकर बैंक जाने

बैंकमा जागिर जुनियर पदमा खान २५ वर्ष उमेर भित्रकै हुनपर्ने कानुन र प्रकृया भित्र रहेर बैैंकमा कर्मचारी भर्ना गर्ने सीइओ र सिइओलाई निर्देशन गर्ने बैंकको सञ्चालक ९१ वर्षको यो कस्तो बैकिङ्ग हो ? यस्ता दर्जनौ काण्ड भए एभरेष्ट बैंक र प्राइम बैंकमा शेयर घोटला देखि कर्मचारी आन्दोलन र मर्जरको नाटक यी सबै घटनालाई भित्री रुपमा बुझेका राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालले जुन सीइओ र बैंक सञ्चालकहरुको उमेर हदको डण्डा प्रहार गरे । त्यो बैंकिङ्ग इतिहासमै सुनौला अक्षरले लेखिने निश्चित छ । यो अत्यन्तै राम्रो काम मध्येको एउटा महत्वपूर्ण काम हो ।

जीवनभरी एउटै बैंकमा १२÷१५ वर्ष एउटै व्यक्तिले चलाउदा बैंकको कर्पोरेट सुशासन कहाँ पुग्दछ यो सोच्नु पर्ने विषय बनेको थियो र छ पनि । अरु केही बैंकमा पनि यस्तै बेथिति छ । ती बैंकका सीइओ र अध्यक्षहरु उमेर हदका कारण १÷२ वर्ष पछि दर्जनौको जागिर चट हुँदैन । सत्य समाचार पत्रकारले लेख्दा मुद्दा हाल्ने र धम्काउने, प्रेस काउन्सील नेपालमा उजुरी हाली दुःख दिने र आफ्ना गल्ती लुकाउने दर्जनौ सीइओ र सञ्चालकहरुले चिसो दिमागले सोच्ने बेला अब आएको देखिन्छ ।

बैंक भित्र के चाहि हुँदैन । केमा कमिशन मागिदैन गर्भनर साब यसको उत्तर तपाईसंग छ ? एउटा गार्ड सप्लाई गर्ने कम्पनीका मालिकसंग कमिशन लिने बैंकका सीइओ सावहरुले पत्रकारलाई दिने विज्ञापन बाहेक सबै काममा कमिशन लिने गरेको हामीसंग प्रमाण छन् । पत्रकारलाई दिइने विज्ञापनमा पनि आफ्नै साथीभाइ, साला÷साली र भाई भतिजाको विज्ञापन एजेन्सी मार्फत विज्ञापन दिई १५ प्रतिशत लिने बैंकका उच्च कर्मचारी र सीइओहरुको कथा हामीसंग छ ।

नेपाली जनताले सादा भात खाएर १÷१ पैसा बचत गरि बैंकमा जम्मा गरका छन्, त्यही पैसामा चियापति खरिद देखि कर्जा लगानी सम्ममा कमिशन लिने सीइओ, सञ्चालक र उच्च विभागीय प्रमुख बैंकरहरुलाई धिक्कार छ । अनि उमेर ९१ वर्षसम्म उनीहरुले जागिर खान पाउनु पर्ने यो कस्तो अचम्म हो ?

अब बृद्ध बैंकरका दिन गए युवा दक्ष र सक्षम बैंकरका दिन आए । युवा बैंकरले बैंक चलाउने हो । बृद्ध बैंकरले अव घर चलाउने हो । बृद्ध बैंकले छोरालाई सञ्चालक बनाए हुन्छ । सीइओ अर्कोलाई बनाए हुन्छ । तर, आफू सधैं भन्न मिल्छ कि मिल्दैन गर्भनर साब ?
बाहिरबाट हेर्दा राम्रो देखिने बैंक भित्र यति धेरै लफडा छ । त्यो बैंक भित्रको बेथिति बुझेकाहरुलाई थाहा होला तर, कर्मचारी भर्ना देखि राज्यबाट प्रदान गरिने ठूला–ठूला पदकमा सीइओ र सञ्चालकले कति नालायकी काम गर्दछन् । त्यो अब खोजीको विषय हामीले शुरु गरेका छौं ।

हामीले बैंकर र सञ्चालकहरुको उमेर हदका बारेमा राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई अब कति बैंकर र सञ्चालक १÷२ वर्षको वीचमा घर जाँदैछन् तपाईसंग उत्तर छ ? भन्दा उनीले भनेः– सबैको इतिहास राष्ट्र बैंकसंग छ । १÷२ वर्षमा आधा भन्दा बढि घर जानेछन् । उनीकै शब्द सापट लिने हो भने अब युवा बैंकरले बैंक चलाउने छन् । र कर्पोरेट शुसाशन सहित उच्च प्रतिफल दिने छन् । दर्जनौ वाणिज्य बैंकका एजीएम डिजिएम, सिनीयर मेनेजर ३५÷४० वर्षका छन् । उनीहरुले राम्रो गर्ने दिन आएको छ । चियापत्ती खरिद देखि गार्ड सप्लाई कम्पनीका मालिकसंग कमिशन लिने बृद्ध बैंकरका दिन अब गए ।

राष्ट्र बैंकको निर्देशनले घर जाने बैंकरको उमेर ६५ तोकेको छ । अहिले काम गरिरहेको भए उसले ६९ बर्षसम्म पदमा रहन पाउने छन् । सञ्चालकको ७० बर्ष तोकिएको छ । कार्यरत रहे ७४ बर्षसम्म रहन पाउने ब्यवस्था गरिएको छ । नयाँ ब्यवस्था कार्यान्वयन गत बुधबारबाटै भएको छ । यसको शुरुवात प्राइम कमर्सियल बैंकका सीइओ नारायणदास मानन्धरबाट शुरु भएको इतिहास बन्ने छ । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ र नबिल बैंकका अध्यक्ष शम्भु पौडेल पनि सञ्चालक पदबाट घर जाने इतिहाल लेख्ने छन् ।
यसबारेमा नबिल बैंकका अध्यक्ष सम्भु पौडेलले उमेरले मान्छेलाई आँफै अगाडि आउन बाटो छेक्ने हुँदा राष्ट्र बैंकको नियमलाई आफुले पालन गर्ने तर्क गरे ।

अवकाश नजिक पुगेका केही दर्जनौ सञ्चालक र सीइओहरुले भने कानुन बिपरित राष्ट्र बैंकले निर्देशन जारी गरेकाले मान्य नहुने दाबी गर्दै आएका छन् । नियमक निकाय राष्ट्र बैंकसंग जोरी खोज्दै अदालत पुग्ने तर्क गरि रहेको देखिन्छ । के छ बैंक भित्र सीइओ साब, अध्यक्ष ज्यू यति प्यारो पैसा, भत्ता, गाडी अरु के के हो । समय बलवान छ उमेर होइन । तपाईलाई थाहा नै छ । एनआईसी एशिया बैंकमा ३८ अर्ब नपुगेका युवा सीइओ रोशन कुमार न्यौपाने छन् ।

उनीले सबै भन्दा धेरै शाखा सञ्जाल भएको र धेरै ग्राहक भएको बैंक हाँकेका छन् । यसबाट पाठ सिक्दै अबका युवा बैंकर सेञ्चुरी बैंकका जीवन भट्टराई, माछापुच्छ«े बैंकका सन्तोष कोइराला, कुमारी बैंकका अनुजमणी तिमल्सीना, राजीव गिरी, उमेश भण्डारी, एनआईसी बैंकका अर्जुन खनिया, एनबी बैंकका सुरेन्द्र भूषण प्रधान, प्रभु बैंकका मणीराम पोखरेल, कैलास विकास बैंकका तारा मानन्धर, ज्योती विकास बैंकका मनोज ज्ञवाली, साग्रिला विकास बैंकका सुयोग श्रेष्ठहरुले बैंक चलाउने दिन आए । बृद्ध बैंकरहरुले घर चलाउने देश विदेश डुल्ने र परिवासंग रमाइलो गरेर बस्ने हो । जुन निर्देशन राष्ट्र बैंकबाट आयो यसलाई शिरोधार गरी बैंकबाट अब घर बृद्ध बैंकले जानुको विकल्प देखिदैन ।

बैंकहरुको चेतावनी
राष्ट्र बैंकको नीति निर्देशनको बिरुद्ध सार्बजनिकरुपमा टिकाटिप्पणी नगर्ने नेपाल बैंकर्स संघले प्रेस वक्तब्य नै निकाली विरोध जनाएका छन् । केही बर्षअघि मौद्रिक नीति सार्वजनिक भएपछि नेपाल बैंकर्स संघको अध्यक्षकारुपमा राजनसिंह भण्डारीले पत्रकार सम्मेलन गरेर असहमति राखेका थिए ।

त्यसको राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. युवराज खतिवडाले बिरोध गर्दै गम्भिर असहमति राखेपछि संघले सार्बजनिक टिप्पणी गर्न छाडेको थियो । तर, राष्ट्र बैंकको नीति निर्देशन बारे संघले राष्ट्र बैंकका अधिकारीहरुलाई भेटेर गुनासो तथा माग राख्ने गर्ने गरेको थियो। राष्ट्र बैंकको नीति निर्देशनका बारेमा ब्यक्तिगत रुपमा कसैले टिप्पणी गरे पनि संघले गर्दैन थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई लिएर संघले सार्बजनिक असहमति राखेको यो दोश्रो पटक हो ।

स्प्रेडको शुत्र परिवर्तनले आम्दानी २५ प्रतिशतले घट्ने निष्कर्ष पनि संघले सार्बजनिक गरेको छ । यसैगरी बैंकास्योरेन्स बन्दमा पनि असहमति राखेको देखिन्छ । संघले काउन्टर साइक्लिसकल बफरका बिषयमा पनि असहमति राखेको छ । यसमा राष्ट्र बैंकले विचार गर्नुपर्ने देखिन्छ । सचेत भया । राजतिलक साप्ताहिक

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?