जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१

भित्ता कोर्ने दाह्रीवाल

तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दाह्री पाल्ने उनी दाह्री ग्याङमा पनि आवद्ध छन् । सुमनले विर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरुमा आफ्नो कला देखाईसकेका छन् । उनको यो कलाले पछिल्लो समय प्रशंसा पनि पाईरहेको छ ।

बिजनेस स्टडिजका विद्यार्थी उनी अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेशा बनाईरहेका छन् । जागिरको लागि कोशिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्दि्रत भएँ, उनी सुनाउँछन् । बाल्यकालदेखि चित्र बनाउन रहर गर्ने उनलाई बुवाले नै उनलाई चित्रकलाको आधारभूत शिक्षा दिए । तर, चित्रकला संघर्ष बुझेका उनले छोरोलाई मूल पेशा नै चित्रकला नबनाउन सुझाव दिने गर्थे । यद्यपि, सुमनले बुवाको इच्छा अनुसार अन्य पेशामा रमाउन सकेनन् र अध्ययनको साथमा आफ्नो कलालाई पनि उति्तकै महत्व दिए । अहिले उनको लागि रहरको काम नै जीवन चलाउने आधार बनेको छ ।

अहिले उनी काम खोज्दैनन्, उनलाई नै कामले खोज्न सुरु गरिसकेको छ । तर, पाँच वर्ष अघि भने उनी चित्रकलाबाट दिक्क भएर नैराश्यमा गईसकेका थिए । सामाजिक संजालमा रहेको दाह्री ग्याङ ग्रुपले उनको कला यात्रालाई नयाँ मोड दिएको उनी बताउँछन् । सामाजिक कार्यमा पनि उति्तकै सकि्रय दाह्री ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनको सामाजिक काममा पनि सघाउँदै आएको थियो । त्यही शिलशिलामा विर अस्पताल रंग्याउने अभियान चल्दै गर्दा सुमनले भित्तकला गर्ने नयाँ अवसर पाए ।

यो अवसरले अरु थुप्रै नयाँ अवसरहरु जुराईदियो । उनले केही विद्यालय, थुप्रै रेष्टुरेन्ट र घरका भित्तामा आफ्नो कला देखाईसकेका छन् । हरेक पटक फरक र नयाँ सिर्जना गर्न चाहन्छन् । तर, अल्लारे उमेर र हुलियाका कारण उनलाई कतिपयले भने अविश्वास गरेर नयाँ चित्र बनाउने अवसरै दिँदैनन् । हेर्नुहोस् भिडियो ।

7725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?