जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनएमबि बैंकको नाफा दुई अर्ब ३१ करोड

एनएमबि बैंकको नाफा दुई अर्ब ३१ करोड

एनएमबि बैंकले  २४.६१ प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब ३१ करोड आर्जन गरेको प्रगति विवरण सार्वजानिक गरेको छ। बैंकले आम्दानीका सबैजसो सूचाङ्कहरुमा प्रगति गरेको छ भने कोषको लागत र खराब कर्जा घटाउँदै लगेर सन्तोषजनक प्रगति गरेको छ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश: १६.५७ प्रतिशत र २१.६९ प्रतिशतले बढाएको छ भने खराब कर्जा झनै घटाउँदै लगोको छ।

९ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले आफ्नो जगेडा कोष पनि मजबुत बढाउँदै लगेको छ। समीक्षा अवधिमा बैंकले जगेडा कोष ४२.०७ प्रतिशतले बढाएर ३ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात पनि १६.३८ गुणा घटेर १५.८६ गुणामा झरेको छ।

नेदरल्याण्डको एफएमओ बैंकले एनएमबि बैंक २० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय साझेदारी गरेको जनाएको छ। जसबाट बैंकलाई उर्जा, अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारमा सहयोग पुगेको छ भने साझेदारीले पूँजीगत आधार वृद्धि हुन गई कारण आर्थिक जोखिम बहन गर्न सक्ने क्षमता बढेको छ ।

सबल संस्थाको रुपमा अगाडि बढ्ने उदेश्यका साथ एनएमबि बैंकले विभिन्न पाँच वटा वित्तिय संस्थाहरुसँगएक पटक मर्जर भएर २०७२ कात्तिक  १ गतेदेखि एकीकृत रुपमा कारोबार थालेको थियो।यस्तै बैंक पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्टसँग एकीकीकृत काराबार सञ्चालन गर्ने चरणमा रहेको छ । बैंकको साउन २८ गते सम्पन्न विशेष साधारण सभाले दुई बैंकबीचको स्वाप रेसियो स्वीकृत गरी एकीकृत कारोबारका लागि मार्ग प्रशस्त गरिसकेको छ।

हेर्नुहोस् एनएमबि बैंकको वित्तीय विववरण माथिको विश्लेषणः

7350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका