![](http://aarthikbazarnews.com/wp-content/uploads/2024/07/960x-100.gif)
![अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Ajod-insurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
अजोड इन्स्योरेन्स लिमिटडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १९ देखि २१ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ९ बजदेखि तालिम सञ्चालन गरिने कम्पनीले जनाएकोे छ ।
एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेका बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । कम्पनीले नयाँ बानेश्वर शाखा कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो ।
निवेदकले आवेदन दिदाँ नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटोको साथमा एक हजार रुपैयाँ दस्तुर सहित कम्पनीको प्रधान कार्यालयमा भदौ १६ गतेभित्र आवेदन दिईसक्नु पर्ने कम्पनीले जनाएको छ ।