जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा अनुष्का

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा अनुष्का

राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लिबीच मिस नेपाल श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्ती गरिएको जानकारी गराए ।

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

नवनियुक्त ब्रान्ड एम्बास्टर मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए । यस अघि बैंकको ब्रान्ड एम्बास्डरमा पनि पुर्व मिस नेपाल श्रृंखला खतिवडा थिईन ।

9490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका