जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर शीतल निवासबाट विमानस्थल

राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर शीतल निवासबाट विमानस्थल

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्म हेलिकप्टरमा पुगेकी छन् ।

म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान निवासबाट हेलिकप्टरबाट विमानस्थल पुगेकी हुन् ।

राष्ट्रपतिको सवारीका क्रममा ट्राफिक व्यवस्थापनका कारण सर्वसाधारणले दुःख पाएको भन्दै विगतमा चर्को आलोचना हुँदै आएको थियो । त्यसैले पहिलो पटक सडकमार्गको साटो हवाईमार्ग प्रयोग गरिएको हो ।

नेपाली सेनाले यसअघि १ अर्ब ७० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको थियो । जसलाई प्रधानमन्त्री र राष्ट्रपतिको उडानका लागि प्रयोग गर्ने भनिएको थियो ।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टोको निमन्त्रणामा त्यहाँ जान लागेकी हुन । त्यहाँ उनले द्वीपक्षीय वार्ता गर्नेछिन् ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायतका छन्

7450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?