![महालक्ष्मी विकास बैँक लि. को शाखा सञ्जाल विस्तार](http://aarthikbazarnews.com/wp-content/uploads/2019/03/Logo-with-Facebook-Icon-696x217.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिका वार्ड नं ३० स्थित मैतीदेवीमा नयाँ शाखा स्थापना गरी कारोबार सञ्चालनमा ल्याएको छ । मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको छ ।
यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।