जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८४ करोड ४४ लाख

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ८४ करोड ४४ लाख

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १९.९३ प्रतिशतले खुम्चिएको छ।

बैंकले तीन महिनाको अवधिमा ८४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष पहिलो त्रैमासमै एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो।

व्याज आम्दानीको तुलनामा व्याज खर्चको बृद्धिदर कम हुँदा खुद व्याज आम्दानी चार प्रतिशतले घटेको छ।

तीन महिनामा बैंकले एक अर्ब ५२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो।

तीन महिनाको अवधिमा निक्षेप संकलन १.२९ प्रतिशतले बढ्दा कर्जा लगानी भने ५.८३ प्रतिशतले बढेको छ। पहिलो त्रैमासमा एक खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

पूँजीकोष अनुपात केही बढेर १३.१७ प्रतिशत छ भने खराब कर्जा बढेर १.२१ प्रतिशतबाट २.८४ प्रतिशत पुगेको छ। खराव कर्जा बढ्दा बैंकको नाफामा प्रभाव पारेको हो। बैंकले पुरानै विधिबाट स्प्रेडदर गणना गरेको छ।

8120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका