जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई

एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई डीसीओमा नियुक्त गरेको हो ।

साथै, पंडाले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ) पद पनि सम्हाल्ने छन् । बैंकले बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता अनुसार पंडालाई उक्त जिम्मेवारी दिएको हो ।

यसअघि बैंकको डीसीओको जिम्मेवारी मोहमद रिजवान आलमले सम्हाल्दै आएका थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत समेत थिए । तर उनको कार्यकाल असोज २३ गतेदेखि सकिने र एसबीआई भारत फिर्ता जाने भएकाले बैंकले पंडालाई उक्त स्थानमा नियुक्त गरेको हो ।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका