जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सरकारको स्पष्टीकरण : जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएको पुष्टी..?

सरकारको स्पष्टीकरण : जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएको पुष्टी..?

सरकारले बजेटअघि छुटेको विद्युतीय सवारीको संख्या सामान्य भएको बताएको छ । भन्सार विभागले गत आर्थिक वर्ष र बितेका महिनाहरुको तथ्यांक दाँजेर यो परिघटनालाई स्वभाविक भनेको छ ।

राजस्व बढ्ने सूचना पाएर ब्यापारीहरुले बजेट भाषणअघि करिब डेढ सय विद्युतीय सवारी छुटाएको आरोप अहिले सरकारमाथि लागेको छ । विशाल ग्रुप अन्तरगतको एमजी मोटर्सले बजेट भाषणभन्दा २५ दिनअघिको अवधिमा मात्रै १२० वटा सवारी छुटाएको पाइएपछि आंशकाको वातावरण बनेको छ ।भन्सार विभागले बिहीबार एक स्पषटीकरण जारी गर्दै भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने सम्भावना नरहेको बताएको छ ।

गत जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएको जानकारी दिएको छ । जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएको विभागले बताएको छ ।‘गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गतवर्षको भन्दा यो वर्ष आयात दोब्बरको नजिक पुगेको देखिएकोले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य कुरा हो,’ विभागले भनेको छ ।

सुक्खा बन्दरगाहा भन्सार कार्यालयवाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेको विभागले जानकारी दिएको छ । विभागका अनुसार जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन वैशाख ११ गते भन्सारमा आइपुगेका थिए ।

बजेटको हप्तादिन अगाडि (जेठ ८ देखि १५ सम्म) जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएको विभागले जनाएको छ । यहि अवधिमा पेट्रोलियम गाडीहरु भने ३४३ आयात भएका थिए ।

विभागका अनुसार बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात् जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु १७९ वटा आयात भएका थिए ।

चालु आर्थिक वर्षमा जसरी श्रावणमा ९१ वटा, मंसिरमा ११२ वटा, पौसमा ९५ वटा विद्युतीय गाडीहरु जाँचपास भएको विभागले जानकराी दिएको छ । त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएको र यो संख्या स्वभाविक भएको विभागको दावी छ ।

बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको भन्दै विभागले गत जेठ १४ गते १७२ करोड राजश्व संकल भएको बताएको छ । गत २०७६को जेठ १मा २१५ करोड र २०७५ जेठ १४ गते २१९ करोड संकलन भएको विभागले स्मरण गराएको छ ।

11920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका