जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एनएमबि र कञ्चन डेभलपमेण्ट बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति

एनएमबि र कञ्चन डेभलपमेण्ट बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले एनएमबि र कञ्चन डेभलपमेण्ट बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई बैंकको विलय प्रकृयालाई अन्तिम स्वीकृति दिने निर्णय भएको हो ।

राष्ट्र बैंकले एनएमबि बैंकको १०० कित्ता शेयरबराबर कञ्चनको ८५ कित्ताको अनुपातमा विलय गर्न अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

दुवै बैंकको साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर आदान(प्रदान अनुपातलाई साधारण सभाबाट अनुमोदन गरेका थिए । साधारण सभाबाट विलय प्रस्ताव पारित गराएर गत असार तेस्रो साता अन्तिम स्वीकृतिका लागि दुवै बैंक केन्द्रीय बैंक पुगेका थिए ।

गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते आइतबार अन्तिम हस्ताक्षर गरेका थिए ।

कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदान प्रदान गरी एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

6700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका