जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु बैंकको जानकी मेडिकल कलेज कर्जा काण्ड छानवीनमै छ, बदमासी भेटिए सीइओ नै हटाउन निर्देशन जान्छः राष्ट्र बैंक

प्रभु बैंकको जानकी मेडिकल कलेज कर्जा काण्ड छानवीनमै छ, बदमासी भेटिए सीइओ नै हटाउन निर्देशन जान्छः राष्ट्र बैंक

सुन्दा पनि डर लाग्ने १० करोड २० लाखको कर्जा प्रभु बैंकले नक्कली भौचरको आधारमा दिएको जानकी मेडिकल कलेज काण्ड बारे आर्थिक बजार न्यूज डटकमले सार्वजनिक गरेपछि राष्ट्र बैंकले छानवीनकै क्रममा रहेको फाइल बन्द नगरेको प्रतिक्रिया दिएको छ ।

राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग टेलिफोनमा भन्योः– हो उजुरी आयो, हामीले छानविन ग¥यौ । अदालतमै मुद्दा भएका कारण ढिलाई चाहि भएकै हो । तर, छानवीन रोकिएको छैन । प्रभु बैंकलाई सफाई दिएको छैन । बैंक नेतृत्वकै संलग्नताको कुरा भेटिएको छ । राष्ट्र बैंक उच्च स्रोतले दाबी गर्दै भन्यो । यदि नियतबस बदमासी गरेको पुष्टि भए सीइओ हटाउन नै निर्देशन राष्ट्र बैंकले दिन्छ । कुनै डिपुटी गर्भनरले बचाउन सक्दैन । समाचारमा आएजस्तो बेखबर राष्ट्र बैंक छैन ।
घटना के हो ?

शिव प्रसाद बास्तोलाको नाममा रहेको जानकी मेडिकल कलेज बिक्री भएको भनी नक्कली भौचर पेश गरेको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दियो । कर्जा दिनु ठिक होला । तर, त्यसको पछाडीको रहस्य फरक र रमाइलो छ ।

समाचार उच्च स्रोत भन्दछ । जानकी मेडिकल कलेजमा बैंककै केही सञ्चालक र सीइओको समेत शेयर राखी घुमाउरो पाराबाट किनबेच गरिएको छ । यतिसम्मकी नेकपाका बरिष्ठ नेता झलनाथ खनालका छोरालाई समेत शेयर दिएको फेला परेको छ । काठमाडौं मेडिकल कलेजका सञ्चलक ओम प्रकाश पाण्डे लगायत प्रभु समूह नजिक रहेका हरिमान लामा प्रभु बैंकका सीइओ शेरचनका दाजु र केही प्रभु समुहकै व्यक्तिहरुले उक्त जग्गा हड्प्ने कोशिस गरेपछि राष्ट्र बैंकमा परेको उजुरीमा उल्ल्ेख छ ।

उक्त कलेज किन्न रातारात बैंकमा पैसा जम्मा नभएको नक्कली भौचरको आधारमा प्रभु बैंकका सीइओ अशोक शेरचनले जनताको डिपोजिटबाट १० करोड २० लाख कर्जा दिएको देखिन्छ । यति सम्मकी पटक÷पटक ब्याज तिर्न फेरि पुनःमुल्याङ्कननै गराई प्रभु बैंकले अरु ५० लाख थप गरेको फेला परेको छ ।

भनिन्छ बैंकमा ३० प्रतिशत मात्रै प्रमोटरहरुको लगानी छ । ७० प्रतिशत हामी जस्ता गरिब जनताको शेयर छ । तर, पैसा माथी बसेर जे पनि गर्ने प्रभु बैंकका सीइओ शेरचन माथी चाहि किन कारवाही हुँदैन गर्भनर साब ?

सबैलाई थाहा छ मेडिकल कलेज माफियाहरुको चलखेल नेपालमा बढेको छ । यसमा बैंक नेतृत्वले साथ दिएपछि कलेजमा बैंकको पैसा कर्जानै दिएर घुमाउरो बाटोबाट शेयर लिएपछि कसको पो के लाग्दछ र ? राष्ट्र बैंक उच्च स्रोत भन्दछः– बैंकमा जनताको पैसा छ । त्यो सुरक्षा गर्ने दायित्व राष्ट्र बैंककै हो । व्यक्ति को आउँला ? को जाला ? तर, जनताको पैसा संरक्षण गर्ने दायित्व हाम्रो हो । हो उजुरी आयो छानवीन भए र अझै गहिरिएर छानविन हुँदैन ।

आर्थिक बजार न्यूज डटकमले दिएको समाचार प्रति बैंकले भने कुनै प्रतिक्रिया दिएको छैन । यसबारेमा सीइओ अशोक शेरचनसंग प्रतिक्रिया लिन खोज्दा उनीले फोन उठाएनन् । हाम्रो भनाई यति हो जनताको पैसा माथि आँखा गाड्न पाइदैन । बैंकमा हामी गरिब जनताको पनि शेयर छ । हेक्का होस् ।

10760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका