अर्थ वाणिज्य
बैंक अफ काठमाण्डूको २६औं साधारणसभा मंसिर १५ मा, कात्तिक २६ सम्म कायम सेयरधनीले लाभांश पाउने
बैंक अफ काठमाण्डूले २६ औं वार्षिक साधारणसभा मंसिर १५ मा बोलाएको छ । बैंकले भिडियो कन्फ्रेन्स (जुम) मार्फत सभामा भाग लिन सेयरधनीहरुलाई अनुरोध गरेको छ । बैकको आज कात्तिक २० मा बसेको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको जनाएको छ ।
बैंकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस सेयर र करसहित ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आगामी सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुले पाउनेछन् । बैंकले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि कात्तिक २८ देखि मंसिर १५ सम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार कात्तिक २७ सम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख रहेको छ । प्रस्तावित १३ प्रतिशत बोनस सेयर वितरण भएमा बैंकको पुँजी ९ अर्ब १७ करोड ४३ लाख पुग्नेछ ।