जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ओली सरकारका ७ जना मन्त्रीको सामूहिक राजीनामा

ओली सरकारका ७ जना मन्त्रीको सामूहिक राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयको विरोधमा ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट ७ जना मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

भुषाल र भट्टराई वरिष्ठ नेता माधव कुमार नेपाल निकटका हुन् । बाँकी ५ जना भने प्रचण्डका पक्षका हुन् । प्रचण्डका पक्षका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले राजीनामा दिएका छैनन् ।

पछिल्लो समय उनीहरु प्रचण्ड गुट छाडेर ओली गुटमा लागेका देखिएको छ ।

6850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका