जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्युआर कोड

कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्युआर कोड

डिजिटल बैकिङ सेवाको पहुच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुरयाउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई त्तच् ऋयमभ वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई त्तच् ऋयमभ वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक लि. बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा त्तच् ऋयमभ बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैंकलाई धन्यवाद दिनु हुंदै अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिएका थिए ।

6820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?