जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • कोका–कोला नयाँ बोतल अब २५ रुपैयाँमा

कोका–कोला नयाँ बोतल अब २५ रुपैयाँमा

कोका–कोलाले बिहिबार १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । जुन उपभोक्ताहरुलाई रमाइलोे पिउने अनुभव प्रदान गर्दै मात्र २५ रुपैँयाको किफायती मूल्यमा उपलब्ध रहेको छ । थप रुपमा, नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो ।

बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउने गरेको छ । नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने “सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित भएका छन्।

नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्येश्य मात्र नभइकन दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन् ।”
त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदिप पाण्डेले भने, “किफायतीे मूल्य बाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ भरका किराना पसलहरुमा उपलब्ध रहेको छ ।”

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरु चाहाना अनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ  बोतल र प्याकेजहरु उपलब्ध गराउदै आइरहेको छ ।

आरजीबी बोतलहरु रियुजेबल बोतलहरु हुन् र यिनीहरुले वातावरण मैत्री हुन। साथै गिलास प्याकेजिंगले गर्दा कोका–कोलाको स्वाद सधै ताजा रहन्छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्ध रहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा उपलब्ध छन् ।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?