जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • घट्दो बजारमा आत्तिए लगानीकर्ता

घट्दो बजारमा आत्तिए लगानीकर्ता

नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको चालु वर्षको मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा सेयर बजारमा दोहोरो अंकले तीव्र गिरावट देखिएको छ।

यो समाचार तयार पार्दासम्म बजार सूचक ६२ अंक हाराहारीले घटेर ३११६ विन्दुमा आइसकेको छ। डेढ घन्टामा कारोबार रकम १० अर्ब रुपैयाँ नाघिसकेको छ।

मोद्रिक नीति ठूला लगानीकर्तालाई कस्नेगरी आएसँगै घट्दो बजारमा आपूर्ति बढ्दा सूचकसँगै किनबेच हुँदा कारोबार रकम पनि एक घण्टामै सात अर्ब रुपैयाँ पुगेको थियो। प्रतिमिनेट औसत ११ करोड रुपैयाँको सेयर कारोबार भइरहेको देखिन्छ।

पहिलो घन्टामै १२६ कम्पनीको मूल्य घट्दा सूचक २६ अंकभन्दा धेरैले ओर्लिएको थियो।

बजारमा तीव्र गतिमा ओरालो लाग्दासमेत हिमालयन डिस्टीलरीको सेयर मूल्य भने पहिलोपटक ७ हजार रुपैयाँ माथि पुगेको छ। मूल्य बढ्दा पनि हिमालयन डिस्टीलरीको सेयर सर्वाधिक कारोबार हुनेको दोस्रो स्थानमा छ। जीवन विकास लघुवित्तको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट ब्रेकर लाग्दै प्रतिकित्ता २६६८ रुपैयाँ पुगेको छ। युनियन लाइफ इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि सर्किट ब्रेकर लागेको छ।

नेपाल बैंकको सर्वाधिक ४७ करोड रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन डिस्टिलरीको ४२ करोड रुपैयाँको सेयर किनबेच भइसकेको छ।
५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

मौद्रिक नीतिमा सेयर धितो ऋणको सीमामा कडाइ गरेपछि सेयर बजारमा नकारात्मक असर परेको लगानीकर्ताको बुझाइ छ। ऋण विस्तारमा पनि कसिलो बनेको राष्ट्र बैंकको नीतिका कारण ब्याजदर बढ्ने हल्लाले पनि सेयर बजार प्रभावित भइरहेको छ।

2830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका