जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • निषेधाज्ञालाई थप कडा पार्ने सीसीएमसीको निर्णय, बैंकमा एक चौथाई कर्मचारी मात्र रहन पाउने

निषेधाज्ञालाई थप कडा पार्ने सीसीएमसीको निर्णय, बैंकमा एक चौथाई कर्मचारी मात्र रहन पाउने

कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले  कोरोनाभाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले  बैंक तथा वित्तिय संस्थाहरुलाई एक चौंथाइ कर्मचारी राखेर मात्र काम गर्न दिन सिफारिस गरेको छ । त्यस्तै बैठकले  सार्वजनिक निर्माणका सबै काम बन्द गर्न पनि सिफारिस गरेको छ । उद्योगहरु संचालन गर्नुपर्ने भए मजदूर र कर्मचारी उद्योग परिसरभित्र नै रहनु पर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।  बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन र बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस गरेको हो ।

 

3970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका