जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • उपत्यकाबाट ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर जफत

उपत्यकाबाट ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर  जफत

उपचारबाहेकका प्रायोजनामा घर र विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ ।

केही उद्योगी, व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद समेत गरेको हो ।
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका काममा सिलिण्डर नराखिदिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको थियो । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको थियो ।

उद्योग मन्त्रालयमार्फत एक हजार १३४ र नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३५० गरी जम्मा ६ हजार ४८४ अक्सिजन सिलिण्डर संकलन भएको छ ।

अक्सिजन सिलिण्डर विभिन्न अस्पतालमा दिइने समितिले बताएको छ। बिहीबार बसेको समितिको बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ सय, नेपाल मेडिकल कलेजमा १५०, वीर अस्पतालमा ३ सय, किस्ट अस्पतालमा एक सय, महेन्द्र निधि अस्पतालमा ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ सय ३०, भक्तपुर अस्पतालमा एक सय र सिभिल अस्पतालमा २ सय सिलिण्डर दिने निर्णय गरेको छ ।

समिट अस्पतालमा ४५, काठमाडौं मेडिकल कलेजमा ४ सय, पाटन अस्पतालमा २ सय, सशस्त्र प्रहरी अस्पतालमा ३ सय, नेपाल प्रहरी अस्पतालमा २ सय, पिपुल्स डेन्टर कलेजमा १ सय, लुम्बिनी प्रादेशिक अस्पतालमा एक हजार र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा ३ सय सिलिण्डर दिने निर्णय भएको छ ।

7610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?