जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मैतीदेवीमा महालक्ष्मी बैंकको शाखा

मैतीदेवीमा महालक्ष्मी बैंकको शाखा

महालक्ष्मी विकास बैंकले जेठ २ गते बिहीबार काठमाण्डौको मैतीदेवी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ

एक समारोहका बीच काठमाण्डौ महानगरपालिका वडानम्बर २०, मैतीदेवीमा स्थापित सो शाखा कार्यालयको नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।

सो कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ग्रहण गरेका थिए भने विशेष अतिथिको रुपमा मैतीदेवीका वडाध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले कार्यक्रममा बैंकले आफ्ना गहको आवश्यकतालाई सम्बोधन गर्दै आएको र आगामी दिनमा समेत उत्कृष्ट सेवा दिंदै जाने प्रतिबद्धता जनाएका थिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ ।

6260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका