लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गतेका लागि २६औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे सभा आव्हान गरेको हो । सभाले प्रस्तावित १० प्रतिशत लाभांश पारित गर्नेछ । यस वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
लाभांशसँगै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण र सञ्चालकहरुको बैठक भक्ता पुनरावलोकन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।