जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु लाइफको बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढ्यो

प्रभु लाइफको बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढ्यो

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढाउन सफल भएको छ । तीन महिनाको अवधिमा मात्रै ५५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा जम्मा २५ करोड ९७ लाख रुपैयाँ मात्रै थियो । स्थापनादेखि अहिलेसम्ममा भने तीन अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ ।

कम्पनीको मुनाफा पनि ७.२२ प्रतिशतले बढेको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन करोड ९ लाख रुपैयाँ थियो ।

प्रभु लाइफको जीवन बीमा कोषमा पनि उल्लेख सुधार भएको छ । एक वर्षको अवधिमा एक अर्ब १९ करोड रुपैयाँबाट २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्ष प्राथमिक शेयर निष्काशन गरेको प्रभुको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४२ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दिर्घकालिन लगानी ८५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने अल्पकालिन ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बीमितले आफ्नो बीमालेख धितोमा राखेर मात्रै ३९ करोड ५३ लाख रुपैयाँ कर्जा लिएका छन् ।

जीवन बीमा व्यवसायमा उल्लेख्य सुधार सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशनमा पनि उल्लेख बृद्धि भएको छ । यस अवधिमा अभिकर्ताले मात्रै १० करोड रुपैयाँ कमिशन बुझेका छन् । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ छ

4025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका