नेपाल आयल निगम सबैभन्दा बढी नाफा गर्ने संस्थान बनेको छ । गत आर्थिक वर्ष निगमले १२ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको हो ।
यो नाफा दोस्रोमा रहेको नेपाल विद्युत प्राधिकरणभन्दा करिब २ अर्ब रूपैयाँ बढी हो । प्राधिकरणले ११ अर्ब ३ करोड रूपैयाँ नाफा गरेको छ ।
बढी नाफा गर्ने संस्थानको सूचीमा तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक छ ।
शीर्षमा रहेको निगमको नाफा अघिल्लो आवको भन्दा ४ अर्ब रूपैयाँभन्दा बढी हो ।