जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको एनएभीसँगै नाफा पनि घट्यो

सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको एनएभीसँगै नाफा पनि घट्यो

सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको चैत मसान्तको तुलनामा वैशाख मसान्तसम्ममा एनएभी र नाफामा कमि आएको छ ।

सिटीजन्स म्युचुअल फण्ड १ र २ को एनएभी र नाफामा कमि आएको हो । सिटीजन्स म्युचुअल फण्ड १ को एनएभी चैत मसान्तको वैशाखमा शून्य दशमलव १९ पैसाले घटेको छ ।

योजनाको चैत मसान्तसम्ममा एनएभी रू १४ दशमलव ८० रहेकोमा  वैशाख मसान्तमा रू. १४ दशमलव ६१ मा झरेको हो । त्यसैगरी उक्त योजनाको नाफा पनि कमि आएको छ ।

चैत मसान्तसम्म रू.३७ करोड ८४ लाख ७२ हजार नाफा कमाएको उक्त योजनाको नाफा वैशाख मसान्तमा रू. ३६ करोड ३२ लाख ३२ हजारमा सीमित भएको हो ।

त्यसैगरी सिटीजन्स म्युचुअल फण्ड २ को एनएभी चैत मसान्तसम्ममा रू. १५ दशमलव ७१ रहेकोमा वैशाख मसान्तमा रू. १५ शदमलव ४२ मा झरेको छ । त्यसैगरी चैत मसान्तसम्ममा रू.३१ करोड १९ लाख ५२ हजार नाफा कमाएको उक्त योजनाको नाफा वैशाख मसान्तमासम्ममा घटेर रू. २९ करोड ५८ लाखमा सीमित भएको हो ।

ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी र नाफामा कमि आएको हो । सिटीजन्स म्युचुअल फण्ड २ ले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६० करोड ४१ हजार रहेको छ । योजनाले चैत मसान्तसम्ममा रू.६१ करोड ९६ लाख ७४ हजार सूचीकृत शेयरमा लगानी गरेको थियो ।

चैतको तुलनामा वैशाखमा योजनाको सूचीकृत शेयरमा लगानी ३ प्रतिशतले कमि आएको छ । त्यसैगरी सिटीजन्स म्युचुअल फण्ड १ ले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८२ करोड २९ लाख ६६ हजार लगानी गरेको छ ।

चैत मसान्तसम्ममा उक्त योजनाले रू. ८३ करोड ४४ लाख ८८ हजार सूचीकृत शेयरमा लगानी गरेको थियो

7365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका