![ज्योति विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/jyoti-bikash-bank-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ज्योति विकास बैंकले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ ।
कामपा वडा नं २८ स्थित कमलादीमा रहेको केन्द्रीय कार्यालय उक्त स्थानबाट करीब ३०० मिटरको दुरीमा कामपा वडा नं १ कमलपोखरीस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त केन्द्रीय कार्यालय स्थानान्तरणको लागि नेपाल राष्ट्र बैंकबाट वैशाख ८ गते अन्तिम स्वीकृती दिएको थियो ।
कम्पनीले गत असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट ठेगाना परिवर्तन हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख भएकाले स्थानान्तरण भई मंगलवारदेखि पूर्णरुपमा सञ्चालनमा आएको बताएको छ ।