जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको २४ वर्षे यात्राः कर्जा तथा निक्षेप वृद्धिमा बैंकिङ्ग इतिहासकै सर्वाधिक धेरै

एनआईसी एशिया बैंकको २४ वर्षे यात्राः कर्जा तथा निक्षेप वृद्धिमा बैंकिङ्ग इतिहासकै सर्वाधिक धेरै

एनआईसी एशिया बैंकले नेपालको बैंकिङ इतिहासकै सर्वाधिक कर्जा तथा निक्षेप बृद्धि गरेको छ । बैंकले २४ औं वर्षसम्म आइपुग्दा कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको हो ।

बैंकका अनुसार सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी बुझाएको बैंकले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी यस बैंकले कोरोना भाइरसबाट सृजित असहज परिस्थितिमा समेत गत आर्थिक वर्षमा कर्जातर्फ ५२ प्रतिशत (८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (८८ अर्ब ९६ करोड) वृद्धि गरेको छ ।

कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो । आर्थिक वर्ष २०७७÷७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गरेको बैंकले जनाएको छ ।

साथै बैंकले गौरवमय २४ औं वर्षमा प्रवेश गरेको यस अवसरमा आफ्ना ग्राहकहरू माझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ईकमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकहरूले यस सुविधा प्राप्त गर्न सब्नेछन् ।

२४ वर्षसम्ममा आइपुग्दा हामी मुलुकभर फैलिएको देशकै सबैभन्दा ठुलो सञ्जाल मार्फत ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका