जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ११.६० प्रतिशतले बृद्धि

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ११.६० प्रतिशतले बृद्धि

आइएमई जनरल इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ११.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आवमा २३ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

साथै यस अबधिमा कम्पनीले ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.०६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ५१ करोड ५५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत २३ करोड ६३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २०.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.६४ गुणा बढी छ ।
कम्पनीले यस अवधिमा १ लाख २८ हजार ०५५ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४ हजार ९५५ वटा कुल दावी बापत ७३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

4525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?