बैंक अफ काठमाण्डू लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण लाल मास्केले पाएका छन् । साउन ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।
बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको भदौ १ गतेबाट कार्यकाल समाप्त भएपछि भदौ २ गते बुधबारदेखि लागू हुनेगरी उनलाई उक्त जिम्मेवारी दिइएको हो ।
मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।