जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बैंकहरूको नाफा ६७ अर्ब २३ करोड, जेठमा थपियो १० अर्ब, नबिलको ७ अर्बमाथि

बैंकहरूको नाफा ६७ अर्ब २३ करोड, जेठमा थपियो १० अर्ब, नबिलको ७ अर्बमाथि

वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्ष वैशाखसम्म बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ कमाएका थिए।

बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा भने १.७५ प्रतिशत मात्र बढी हो। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा बैंकहरुले ६६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए।

गत आर्थिक वर्ष जेठसम्म नबिल बैंक एक्लैको नाफा ७ अर्ब ११ करोड रुपैयाँ छ। बढी नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ। उसले साढे ६ अर्ब रुपैयाँ खुद नाफा गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन्। बाँकी सबैको नाफा ४ अर्बभन्दा कम छ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ। उसले १ अर्ब ५६ करोड रुपैयाँ मात्र कमाएको छ। पुछारबाट दोस्रोमा सनराइज बैंक छ । उसले १ अर्ब ५९ करोड नाफा गरेको छ।

बैंक खुद नाफा (रु करोडमा)
नबिल ७११.३६
ग्लोबल आईएमई ६५०.६३
नेपाल इन्भेष्टमेन्ट मेगा ४७६.५१
एनआईसी एशिया ४६३.१०
राष्ट्रिय वाणिज्य ४४७.३४
एनएमबी ३३२.७३
हिमालयन ३२९.९०
प्राइम कमर्सियल ३२१.६४
स्टयाण्डर्ड चार्टर्ड ३११.४०
ने‍पाल ३०७.६२
एभरेष्ट ३०६.६३
कुमारी २९५.८४
प्रभु २८९.५२
सानिमा २२५.८७
सिद्धार्थ २२२.५८
नेपाल एसबीआई २०९.१८
लक्ष्मी १६८.८८
माछापुच्छ्रे १६८.११
सिटिजन्स इन्टरनेसनल १६८.०४
सनराइज १५९.८७
कृषि विकास १५६.३९
कुल ६७२३.१५
1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?