जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको पिपरीमा

कृषि विकास बैंकको नयाँ शाखा नेपालगञ्जको पिपरीमा

कृषि विकास बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारलाई दरिलो बनाउने र सबै ठाउँमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन् । कृषकको हित र सहजताको लागि कृषि क्षेत्रलाई प्रविधि मैत्रि बनाउन बैंकले क्रेडिट कार्ड समेत संचालनमा ल्याएको जनाएको छ ।

उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोडने बताए । बैंकको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेता पनि कृषि क्षेत्रलाई विषेश जोड दिने वताए ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका